माछापुछ्रे बैंकद्वारा वृक्षारोपण कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 23, 2018 | 06:14:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतिर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतिर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपणमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि सहभागी भएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा पनि सहभागि थिए । बैंकले हाल ८३ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २१ शाखा रहित बैकिङ्ग सेवा र ९७ वटा एटीएम माफृत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved