ज्योति विकास बैंकद्वारा सवारी दुर्घटनाका पिडित परिवारलाई रोजगारी र नि:शुल्क शिक्षा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 26, 2018 | 06:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले आफ्नो दशौँ वार्षिकोत्सव सम्पन्न गरेको छ। बैंकले वार्षिकोत्सवको अवसरमा सवारी दुर्घटनामा श्रीमान सहित सबै परिवार गुमाउन पुगेकी रोल्पाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगरलाई सहयोग गरेको छ।

स्थापनाको १० बर्ष पुरा गरि एघारौँ बर्षमा प्रवेश गरेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनमगरलाई बैंकमै रोजगारी प्रदान गर्ने भएको छ भने उनको ५ बर्षे छोरालाई १२ कक्षा सम्मको पढाई लेखाई खर्च लागि बैंकले बेहोर्ने भएको छ। बृद्ध सासु ससुराको साथमा बस्दै आएकी पुनमगरले मुस्ताङ्गमा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान र परिवारका अन्य सदस्य गुमाएकी थिइन।

त्यस्तै बैंकले आफ्नो बिराटनगर शाखाबाट जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरेको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरेको छ।   

त्यस्तै बैंकको वर्दिबास शाखाबाट पनि धनुषामा अवस्तिथ लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका छन् । 

बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ । 

बैंकले हाल आफ्ना ६० वटा शाखा संजाल तथा २० वटा शाखा रहित बैंक मार्फत सेवा उपलब्ध गराउदै आएको छ। यसै आर्थिक बर्ष बैंकले शाखा बिस्तार गरि शाखा संख्या ९० पुर्याउने लक्ष्य लिएको छ। यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड ३६ लाख छ। बैंकले २ लाख भन्दा बढी खाताबाट १९ अर्ब ५६ करोड निक्षेप संकलन गरि १० हजार भन्दा बढी ऋणी मार्फत १६ अर्ब ९ करोड ऋण लगानी गर्न सफल भएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved