'धितोपत्र बोर्डले वातावरण बनाइदिए जुनै बेला शेयर ब्रोकर सेवा दिन तयार छौं'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 27, 2018 | 10:43:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले धितोपत्र व्यवसायीको कारोबार गर्न दिने नीतिगत व्यवस्था गरेसंगै बाणिज्य बैंकहरुले त्यसको तयारि थालेका छन। शेयरबजारको विकास तथा बिस्तार गर्न भन्दै बैकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग बढेपछी राष्ट्र बैंकले आर्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले अहिले नीतिगत व्यवस्था गरेपनि आफुहरुले बिगत देखि नै ब्रोकर लाइसेन्सको माग गर्दै आएको बैंकर संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बिजपाटीलाई बताएका छन। 

'बैंकप्रति जनताको बिश्वास, बैंकिङ संजाल र पुंजीको हिसाबले पनि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्यो भन्ने हाम्रो माग रहँदै आएको थियो' ढुंगानाले भने, 'बैंकलाई ब्रोकर लाइसेन्स दिंदा शेयरबजारको बिस्तारलाई ठुलो सहयोग पुग्नेछ।'

राष्ट्र बैंकले बिगतदेखिको अप्ठ्यारोलाई बाटो खोलिदिएपनि अब धितोपत्र बोर्डले बैंकलाई ब्रोकर लाइसेन्स दिन बनाइदिनु पर्ने ढुंगानाको भनाई छ। 'आन्तरिक गृहकार्य सुरु भईसकेको छ, धितोपत्र बोर्डले वातावरण बनाईदियो भने कुनै पनि बेला ब्रोकर सेवा दिन हामि तयार छौ।' उनले भने। नेपाल बंगलादेश बैंकले पनि सहायक कम्पनी स्थापना गरि ब्रोकर सेवा दिन छलफल अगाडी बढाइसकेको ढुंगानाले बताए।  

त्यस्तै मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले बैंकले ब्रोकर सेवा दिन आवश्यक सम्पूर्ण गृहकार्य गरिसकेको जानकारी दिईन। बैंकले शेयर कारोबार गर्नका लागि मेगा क्यापिटल मार्केट्स् लिमिटेड नामक ब्रोकर कम्पनी खडा समेत गरिसकेको छ। 

ब्रोकर सेवा दिन आतुर देखिएको बैंकले मेगा क्यापिटल मार्केट्सको काठमाडौंमा रहने केन्द्रीय कार्यालयको लागि सुविधा सम्पन्न भवनका लागि टेण्डर आह्वान समेत गरेको छ। बैंकले  काठमाडौंको कमलादी, कमलपोखरी, ज्ञानेश्वर, नक्साल, लाजिम्पाट, बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर क्षेत्रमा २५ सय देखि ३ हजार वर्गफिट क्षेत्रफलको भवन खोजेको हो। बैकको असार २९ गते सम्पन्न सातौँ बार्षिक साधारणसभाले ब्रोकर सेवा दिने प्रस्ताब पारित गरेको थियो। 

राष्ट्र बैंकको कार्यविधिको पर्खाईमा धितोपत्र बोर्ड र नेप्से 

राष्ट्र बैकले नीतिगत व्यवस्था मात्र गरेकाले कार्यविधि नआई कसरि अगाडी बढ्ने बारे केहि छलफल गर्न नसकिने नियामक धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका अधिकारिहरुले बताएका छन। 

उनीहरुका अनुसार अहिले बैंकहरुले संचालन गरिरहेको क्यापिटल मार्केट्स मार्फत नै ब्रोकर सेवा दिने हो या अलग्गै संस्था खडा गर्ने हो भन्ने बारे राष्ट्र बैंकको कार्यविधि नै पर्खनुपर्ने हुन्छ। राष्ट्र बैंक संचालक समितिले कार्यविधि बनाए पश्चात मात्र बैंकलाई ब्रोकर लाइसेन्स दिने बिषयले औपचारिकता पाउने उनीहरुको भनाई छ। 

२०६५ सालमा नेप्सेको सिफारिसमा धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स दिने व्यवस्था भएपनि अहिले त्यो व्यवस्था कस्तो हुन्छ भन्नेमा अन्यौलता रहेको छ। धितोपत्रले नेप्सेलाई निर्देशन दिने कि नेप्सेको सिफारिसमा बोर्डले ब्रोकर लाइसेन्स दिने भन्ने बिषय अहिलेको कुनै पनि व्यवस्थामा स्पष्ट नभएको बताइएको छ।राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिनेबारे बनाउने कार्यविधिले नै यो अन्यौलता हटाउने अपेक्षा गरिएको छ।   





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved