सेञ्चुरी कमर्सियल बैंकको ३ नयाँ शाखा संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 30, 2018 | 06:12:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले चितवन जिल्लाको टांडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष  राजेश कुमार श्रेष्ठले गरेका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ  ।

बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप रु. एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा रु. पचपन्न अरब पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved