गुराँस लाइफ इन्स्योरेन्सका बिमा योजना मेगा बैंकबाट लिन सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 05:02:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मेगा बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ ।  सम्झौता अनुसार मेगा बैंकका सम्पूर्ण शाखा कार्यालयहले  गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्न सक्ने छ।   

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट सहायक महाप्रबन्धक सरोज बि.सी. र बैंक को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि मेगा बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट गुराँस लाइफ  कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved