सिटिजन्स बैंकका ग्राहकलाई नेपाल क्यान्सर हस्पिटलमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 05:11:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर,  हरिसिद्धि बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस  सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved