एनआईसी एशिया र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 02, 2018 | 05:26:10 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेड र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार एनआईसी बैंकका ग्राहकले बैंकका २३३ वटै शाखाहरुबाट सिटिजन लाईफको बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले हस्ताक्षर गरे । 

हाल बैंकले २३३ शाखा, २२४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved