मुक्तिनाथ बिकास बैंकको कमाई ५७ करोड ५४ लाख, रिजर्भमा ६३ करोड थपियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 02, 2018 | 08:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा १८ प्रतिशतले बढाएर ५७ करोड ५४ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले ४८ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको थियो। 

यस अवधिमा बैंकले निक्षेप संकलन तथा कर्जा लगानीमा समेत उल्लेख्य प्रगाती गरेको छ। अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकले निक्षेप तर्फ ८१ र कर्जा लगानी तर्फ ६१ प्रतिशतले वृद्धि गरेको छ। अघिल्लो आर्थिक बर्ष १६ अर्ब ७७ करोड निक्षेप संकलन गरि १५ अर्ब ३१ करोड कर्जा लगानी गरेको बैंकले गत आर्थिक बर्ष ३० अर्ब ३५ करोड निक्षेप संकलन गरि २५ अर्ब २६ करोड कर्जा लगानी गरेको छ। 

त्यस्तै बैंकको खुद ब्याज आम्दानि १ अर्ब ३ करोडबाट बढेर १ अर्ब २५ करोड पुगेको छ भने संचालन मुनाफा ३३ प्रतिशतले बढेर १ अर्ब २ करोड पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.०२ प्रतिशतबाट अझैं घटेर ०.००४४ प्रतिशतमा ओर्लिएको छ।   

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड छ भने जगेडा कोष रकम अघिल्लो आर्थिक बर्षको तुलनामा करिब २०४ प्रतिशतले बढेर ९४ करोड ७९ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्ष बैंकको जगेडा कोषमा ३१ करोड २० लाख थियो। त्यस्तै बैंकको प्रति सेयर आम्दानि २२ रुपैयाँ २० पैसा, प्रति सेयर नेटवर्थ १३६ रुपैयाँ ५७ पैसा र मुल्य आम्दानीको अनुपात १७.०३ गुणा छ।   




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved