मुक्तिनाथ विकास बैंकले ल्यायो नगद फिर्ता गर्ने गरि आवास कर्जा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 01:37:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ बिकास बैंकले 'मुक्तिनाथ आवास कर्जा' योजना सार्वजनिक गरेको छ। यस योजनामा आवद्ध हुने ग्राहकहरुले २० वर्ष सम्मको कर्जा अवधि राखी १० लाख देखि ५ करोड सम्मको कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ।   

बैंकका अनुसार नियमति रुपमा किस्ता बुझाउने ग्राहकहरुले आफूले बुझाएको प्रशासनिक शुल्क फिर्ता पाउँदै जानेछन् भने पहिलो १ वर्षको लागि निशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा पनि प्राप्त गर्नेछन। 

त्यस्तै कुल कर्जाको आधा रकमलाई किस्ताबन्दी रुपमा बुझाई बाँकी कर्जाको व्याजमात्र बुझाउने गरी किस्ताको भारलाई कम गर्ने गरी डिजाइन गरिएको छ। यसले नियमित तर न्यून आय भएका ग्राहकलाई समेत निजको आवश्यकता अनुसारको कर्जा सुविधा लिन सहज हुने बैंकको बिश्वास छ।  

यस कर्जाबाट ग्राहकले घर खरिद, आवास प्रयोजनार्थ जग्गा खरिद, जग्गा तथा घर खरिद गर्न सक्नेछन् । बैंकको सबै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सक्ने व्यवस्था मिलाइएको बताइएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved