मुक्तिनाथ विकास बैंकको नयाँ शाखा सिन्धुलीको कमलामाईमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 06, 2018 | 06:20:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई, धुराबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कमलामाई नगरपालिकाका मेयर  खड्ग वहादुर खत्रीले गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले  ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved