एनआईसी एशियाको सोह्रौं शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुने बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 05:44:42 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आफ्नो  सोह्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लले गरेका हुन्।   उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले  रोविन श्रेष्ठलाई नियुक्त गरेको छ । 

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने,स्वीकृत सिमाभित्र रहि कर्जा कारोवार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले मुलुकभर २३५ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved