सेञ्चुरी बैंकको गण्डकी प्रदेश कार्यलय सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 08, 2018 | 06:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालय र गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालयहरु एकै साथ सञ्चालनमा ल्याएको छ । बैंकले बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे । 

हाल बैंकले काठमाडौँ उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर, १० वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved