बाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था लागु, ९ शर्त पालना गर्नु पर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 08, 2018 | 07:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुले भारतबाट भारतीय मुद्रामा ऋण ल्याउने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारि गर्दै बाणिज्य बैंकहरुले भारतीय मुद्रामा पनि कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले विभिन्न ९ शर्तहरु तोकी बाणिज्य बैंकहरुलाई भारतीय मुद्रामा ऋण ल्याउन अनुमति दिन लागेको बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले जानकारी दिए  

बैंकहरुले यस्तो कर्जा जलविद्युत उत्पादन तथा प्रसारण लाइन,सडक, सुरुङमार्ग, विमानस्थल, केवल कार पुल जस्ता भौतिक पूर्वाधारमा लगानी गर्नु पर्ने छ । हाउसिंग, जग्गा विकास र रियल स्टेटमा यस्तो ऋण प्रयोग गर्न पाइने छैन  । वाणिज्य बैंकहरुले कूल प्राथमिक पूँजीको २५ प्रतिशतसम्म भारतीय मुद्रामा ऋण लिन पाउने छन्।  अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरि कूल आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशसम्म कर्जा लिन सक्ने छन्  ।

ऋणको ब्याजदर भारत सरकारले जारी गरेको ३६४ दिन ट्रेजरी बिल्सको औषत डिस्काउन्ट दरमा १ प्रतिशत प्रिमियम थप गरेर ल्याउन पाइन्छ। उक्त ब्याजदर बाहेक अन्य कुनै शुल्क कमिशन दिन नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। ऋण लिंदा कुनै धितो, जमानत वा बैंक ग्यारेन्टी दिन नपाइने पनि केन्द्रीय बैंकले जनाएको छ । 

यस अघि राष्ट्र बैंकले डलरमा विदेशी वित्तीय संस्थाबाट कर्जा ल्याउन पाउने ब्यबस्था गरेको थियो। जस अनुसार एनएमबी बैंकले डेढ अर्ब रुपैयाँ अन्तर्रा्ष्ट्रिय वित्त निगमबाट ल्याइसकेको छ भने भारतीय मुद्रामा १ अर्ब ल्याउन तयारी गरिरहेको छ । 

अन्य बाणिज्य बैंकहरुले पनि ऋण लिनको प्रक्रिया सुरु गरिसकेका छन् ।  राष्ट्र बैंकले भारतीय मुद्रामा ऋण ल्याउन दिने ब्यबस्था कार्यन्वयनमा ल्याएपनि सर्वोच्च अदालतमा यसको बिरुद्दमा रिट निवेदन परेको छ ।  जसमा बहस सकिए पनि आदेश भने आएको छैन । 

यो पनि: 

जोशी अस्वीकृत हुँदाको सिधा असर मौद्रिक नीति बिरुद्द परेको रिटमा, बहस सकिएपनि आएन आदेश




यस्ता छन् भारतीय मुद्रामा ऋण ल्याउन राष्ट्र बैंकले तोकेको ९ शर्त   ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved