बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत रकम पठाउन सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 09, 2018 | 06:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बेक्स मनी बहराइन एक्स्प्रेस एक्स्चेन्जसंग हालै गरेको सम्झौता अनुसार इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको हो । यस संगै अब बहराइनमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमा आफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्ने बैंकले जनाएको छ ।

खाताबाट कारोवार गर्नको लागि बेक्स मनी बहराइनमा रहेको कुनै पनि शाखामा सम्पर्क गरीे जनता बैंकमा खाता खोल्न र चेक बुक तथा एटिएम कार्ड प्राप्त गरी करोवार गर्न बैंकले जानकारी दिएको छ  । बहराइनबाट जनता रेमिट मार्फत पठाइएको रकम जनता बैंकको १२१ शाखाको अतिरिक्त १६ हजार को संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सक्नेछन् ।

जनता रेमिटले निकट भविष्यमै भारत, मलेशिया, जापान, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु गर्ने जानकारी दिएको छ।

जनता बैंकले १२१ शाखा सञ्जाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट बैकिङ्ग सेवा प्रदान गरिरहेको  छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved