सेन्चुरी कमर्शियल बैंकको गण्डकी प्रदेश कार्यालय र ८ शाखा एक साथ संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 07:42:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकले गण्डकी प्रदेश कार्यालय र सो प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालय एक साथ संचालनमा ल्याएको छ। शाखा विस्तार गर्ने क्रममा बैंकले गण्डकी प्रदेशका बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो। 

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा प्रदेश कार्यालयको उद्घाटन गरे। त्यस्तै बैंक अध्यक्ष श्रेष्ठले अन्य ८ वटा शाखा कार्यालयको उद्घाटन गरे। 

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानिय जनप्रतीनिधिहरु, स्थानिय व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।  

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत असार  मसान्तमा कुल निक्षेप एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा पचपन्न अरब पुगेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नितीमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले गण्डकी प्रदेश कार्यालयको सुरुवात गरेको हो।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved