९ बुंदे सम्झौता हुबहु पारित नभए १६ औं अनसन बस्ने चेतावनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 12, 2018 | 08:08:22 AM मा प्रकाशित

laxmi  sunrise bank

डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुसंग भएको सम्झौता तोडमोड वा कार्यान्वयन नगरेमा १६ औं अनशन बस्ने चेतावनी दिएका छन। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको पौने २ घण्टाको छलफलमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका हुन।   

प्रधानमन्त्रीसँगको छलफलमा डाक्टर केसीले सरकार र आफूबीच भएको सम्झौता हुबहु संसदबाट पारित गर्नुपर्ने माग दोहोर्याए। जवाफमा प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरिएका सम्झौताहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छलफलमा सहभागी डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बताए।   

डाक्टर केसीलाई साउन १० गते अनशन तोडाउने बेला सरकारले काठमाडौं उपत्यकाभित्र १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने लग्गायतका ९ बुँदामा सम्झौता गरेको थियो। त्यही सम्झौता छिटो कार्यान्वयन गर्न डाक्टर केसीले माग गरेका हुन्।

अनशन तोडेको १६ दिन भइसक्दा पनि सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै डाक्टर केसीले प्रधानमन्त्री ओलीलाई भेटेरै माग पुरा गर्न दबाब दिएका हुन। सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा लगिसकेको छ। उक्त विधेयक पनि संशोधन गर्नु पर्ने डाक्टर केसीले बताउँदै आएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved