एनआईसी एशिया र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2018 | 06:34:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकले एनआईसीका २३७ वटै शाखाबाट उक्त कम्पनीका बिमा पोलिसीहरु खरिद गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी एवं सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिउ । सम्झौतामा बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक एस.के टमोटले हस्ताक्षर गरे । 

हाल बैंकले २३७ शाखा, २२९ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved