माछापुछ्रे बैंकको सुपर एजेण्टमा जिएमी रेमिट

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2018 | 06:54:47 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले जिएमी रेमिटलाई सुपर एजेण्ट बनाएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरेपछि जिएमी रेमिट बैंकको सुपर एजेण्ट भएको हो । 

सम्झौतापछि माछापुछ्रे बैंकका ग्राहकले GME का सबै एजेण्टहरुबाट भुक्तानी गर्न सक्नेछन् । दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा रहेका नेपालीले पठाएको पैसा माछापुछ्रे बैंकका सबै शाखाहरु तथा GME का एजेण्टहरु मार्फत भुक्तानी गर्न सक्नेछन् ।

बैकले ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर र २२ शाखा रहित बैकिङ्ग  मार्फत सेवा प्रदान गर्दै आएको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved