जनता बैंकको नयाँ शाखा पूर्वी नवलपरासीको बौदीकालीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 14, 2018 | 06:11:19 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले पूर्वी नवलपरासीको बौदीकालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बौदीकाली गाउँपालिका वडा नं. २, डेढगाउँमा बैंकले आफ्नो १२२ औ शाखा खोलेको हो । 

नवलपरासी जिल्लाको विकट भौगेलिक अवस्थामा रहेको बौदीकाली गाउँपालिकाका स्थानीय व्यापारी तथा उद्यमी र सर्बसाधारणहरु बैंकिङ कारोवारको लागि राजमार्ग आसपास झर्नै पर्ने बाध्यतालाई यस शाखाले राहत पु¥याउने बैंकले विश्वास लिएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण बैंकिङ् सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

 बैंकले १२२ शाखा, ७० एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङहरुबाट  बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved