मेगा बैंकबाट मासिक १५ हजार किस्तामा गाडी

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 15, 2018 | 05:34:01 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र नारायणी अटो बिजनेशबीच अटो लोन प्रदान गर्ने सम्झौता भएको छ ।  नारायणीबाट गाडी किन्न चाहने ग्राहकहरुलाई मेगा बैंकले १० बर्षसम्म वित्तीय सुविधा प्रदान गर्ने भएको हो । सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायणी अटो बिजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले हस्ताक्षर गरे । 

सम्झौता अनुसार नारायणीबाट कुनै पनि कम्पनीका गाडी लिँदा ग्राहकहरुले १० बर्षसम्मको वित्तीय सुविधा पाउने भएका छन् । जसमध्ये अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गरेपछि १५ हजार मासिक किस्तामै गाडी किन्न सकिनेछ । ग्राहकहरुले अहिलेको प्रचलित ब्याजदर अनुसार जम्मा साँढे १२ प्रतिशतमा अटो ऋण लिन सक्नेछन् । प्रक्रिया सुरु गरेको २४ घण्टाभित्रै निर्णय र ७ दिनमै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved