माछापुच्छ्रे बैंकको ब्राण्ड एम्ब्यासडर बने खेलकुद क्षेत्रका उदयीमान ३ खेलाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 02:02:44 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदयीमान खेलाडीहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरिलाई ब्राण्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरि बैंकले उनीहरुलाई ब्राण्ड एम्ब्यासडरमा नियुक्त गरेको बारे जानकारी गराएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले यी खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताए। बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पुर्याउने कुरामा आफु विश्वस्त रहेको बताए। बैंकका अध्यक्ष रोशन केसीले पनि उनीहरुलाई ब्राण्ड एम्ब्यासडरमा नियुक्त गर्न पाएकोमा खुसि व्यक्त गरे। 

बैंकले यी खेलाडीहरुलाई भदौ १ देखि लागू हुने गरि ब्राण्ड एम्ब्यासडरमा नियुक्त गरेको हो। माछापुच्छ्रे बैंकको ब्राण्ड एम्ब्यासडरमा नियुक्त भएका यी तिनै खेलाडी नेपालमा मात्र नभई बिश्वमाझ चर्चित छन। 

मिरा राई नेपाली म्याराथनको एक चर्चीत नाम हो। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाएकी राईले देश र विदेशमा थुप्रै उपाधि जितेकी छिन। मिरा राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन। विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएकी नेपाली धाविका राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘ को उपाधि समेत जित्न सफल भएकी थिइन। 

त्यस्तै प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन। रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेकी हुन। सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उनको चर्चा स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि भएपछि उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिइन। उनको दुई महिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरको थियो।  

त्यसैगरि आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन् । उनि  नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन। 

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, ९९ एटीएमहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा गर्दै आएको छ।   



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved