मेगा बैंकपनि कनेक्ट आइपीएसमा आवद्ध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 09:02:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको 'कनेक्ट आइपीएस' मा आबद्ध भएको छ। यससंगै बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट एक लाखसम्मको अनलाइन भुक्तानी गर्न पाउनेछन। 

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गइ आफुलाई एक पटक आबद्ध गरि आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने अनलाइन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था गरिएको छ।  

यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुने अपेक्षा गरिएको छ। हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ। 

'कनेक्ट आइपीएस' प्रणालीमा हाल सम्म ३४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म २७ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको जनाइएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved