दर्वाङ्ग म्याग्दी जलविद्युत आयोजनामा ६ बैंकले लगानी गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 01:30:52 PM मा प्रकाशित

laxmi  sunrise bank

२५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” को लागि वित्तीय ब्यबस्थापन जुटेको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौर गाउँपालिकाहरुमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको हो ।

परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरु बीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्ने छन् ।

उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved