माछापुछ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 21, 2018 | 06:05:29 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम सञ्चालन गर्न बैंकले रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) सँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले हस्ताक्षर गरे । 

सम्झौतासँगै बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा) ले गर्नेछ । सम्झौतो कार्यन्वनपश्चात नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने छ ।

कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण गर्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved