सिटि एक्सप्रेस मनी ट्रान्सफर पनि आईपीएसमा आवद्ध

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 24, 2018 | 01:06:23 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएसमा सिटि एक्सप्रेस मणि ट्रान्सफर पनि आबद्द भएको छ  । सिटी एक्सप्रेस इनडाईरेक्ट सदस्यको रुपमा यस प्रणालीमा आवद्द भएको हो  । उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको ] NCHL-IPS  प्रणाली मार्फत मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अघि सिटि एक्सप्रेस लगायतका प्रमुख रेमिट्यान्स कम्पनीहरुले आफ्नो बैंक मार्पmत त्यसता कारोबारहरु गर्दै आएका थिए भने Indirect Member को रुपमा रेमिट्यान्स कम्पनीले अब आफै कारोबार गर्न सक्नेछन् भने प्रणालीमा उपलब्ध गराइएका थप इन्टरफेसहरु प्रयोग गरि कारोबारलाई पूर्ण रुपमा अटोमेटेड गर्न सक्नेछन्  । NCHL-IPS मा हाल ७८ बैंक वित्तीय संस्थाका ४,१०० बढि शाखाहरु आवद्ध छन् ।

यो पनि : 

अनलाइनबाट नै एउटा बैंक खातामा भएको रकम अर्को बैंकको खातामा पठाउन सकिने सेवा सुरु


यी १७ बैंकमा खाता भए अनलाईनबाट घर मै बसी सरकारलाई कर तिर्न सकिने , कति लाग्छ शुल्क ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved