जनता बैंकको ‘मेरो तलव खाता’ संचालनमा, विभिन्न विशेषता सहित निशुल्क दुर्घटना बीमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 08:57:45 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले ‘मेरो तलव खाता’ संचालनमा ल्याएको छ। बैंकले आकर्षक व्याजदर, वीमा तथा अन्य धेरै सुविधा सहित उक्त खाता संचालनमा ल्याएको हो।

श्रम ऐनको सबै क्षेत्रका कर्मचारीको पारिश्रमिक बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य व्यवस्थालाई मध्येनजर गर्दै बैंकले श्रमिक/कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यले यस सेवा संचालनमा ल्याएको हो।

संगठित क्षेत्रमा कार्यरत सबै उमेर समूहका ग्राहकहरुले नजिकको शाखा कार्यालयमा मेरो तलब खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् ।त्यस्तै श्रम ऐन २०७४ को व्यवस्था बमोजिम कर्मचारी/श्रमिकको संचय कोष, उपदान लगायतका रकम जनता अवकाश कोषमा जम्मा गरी सम्पूर्ण सुविधा बैंकको एकै छातामुनी प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

बैंकले हाल देशभरीबाट १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

मेरो तलव खाता का विशेषताहरु:

-शुन्य मौज्दातमा खाता खोल्न सकिने ।

-वार्षिक व्याज दर ७ प्रतिशत ।

-दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी ।

-निःशुल्क भिसा डेविट कार्ड(२ वर्षको लागि )

-निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा( ७ लाख सम्म ) ।

-निःशुल्क एबीबीएस सुविधा (रु.२ लाख सम्म ) ।

-निःशुल्क चेक, स्टेटमेन्ट(अन डिमान्ड तथा आस्वा सेवा)




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved