सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठ

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 27, 2018 | 09:15:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुुख कार्यकारी अधिकृतमा सुुयोग श्रेष्ठ नियुुक्त भएका छन् । विकास बैंकको भदौ ८ गते शुक्रवार बसेको संचालक समितिको २१४ औं बैठकले श्रेष्ठलाई नियुुक्त गर्ने निर्णय गरेको हो। 

संखुुवासभाको चैनपुुरमा आज भन्दा ४६ बर्ष अघि जन्मिएका श्रेष्ठ यस अघि तत्कालीन एस डेभलपमेन्ट बैंकको प्रमुुख कार्यकारी अधिकृत थिए।श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युुट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्र्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् । 

सन् २००० मा हिमालयन बैंकबाट जुुनियर अफिसर स्तरबाट आफ्नो बैंकिङ करियर शुुरु गरेका श्रेष्ठले उक्त बैंकमा इन्टर्नल अडिट डिपार्टमेन्ट हेड सम्मको जिम्मेवारी सम्हालेका थिए। त्यस्तै उनले सन् २००५ मा नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक प्रबन्धक हुुदैं प्रबन्धक तहसम्मको जिम्मेवारी बहन गरि सकेका छन् । 

त्यसपश्चात सन् २००९ मा तत्कालीन भिवोर डेभलपमेन्ट बैंकमा बरिष्ठ प्रबन्धक पदमा समेत कार्य गरेका श्रेष्ठ सन् २०१० मा तत्कालीन एस डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धक, निमित्त प्रमुुख कार्यकारी अधिकृत हुुदै प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सफलतापूूर्वक बहन गरि सकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved