सांग्रीलाका कर्मचारीलाई १० दिने अभिमुखीकरण तालीम

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 28, 2018 | 06:10:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रीला डेभलपमेन्ट बैंकले नयाँ नियुक्त भएका कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ्ग तालीम दिएको छ । नबनियुक्त कर्मचारीहरुलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धी काम तथा नीति नियम बारे जानकारी दिने उदेश्यले बैंकले अभिमुखीकरण तालीम दिएको हो । 

भाद्र १ गते देखी १० गते सम्म संचालित यो तालिममा नबनियुक्त ६५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालिममा सहभागी कर्मचारीहरुलाई बैंकले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि आवश्यक तालिम प्रदान गरिएको बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीहरुको कार्यकुशलता बढ्ने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved