नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा गौशालामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2018 | 05:31:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको गौशालास्थित पशुपतिनाथ मन्दिरको प्राङ्गणमा एक्स्टेन्सन काउन्टर खोलेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उक्त एक्स्टेन्सन काउन्टरको संयुक्त रुपमा उद्घाटन गरे । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषसंग मिलेर पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ । पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको  पुनर्निर्माण गरिरहेको छ ।

बैंकले हाल ७७ वटा शाखा तथा १०१ वटा एटिएम, ५९ वटा शाखारहित बैंकिङ सुविधा र ९ राजश्व संकलन केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved