२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 09:46:59 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम कस्मिक

२८ बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७४/७५ को प्रगति विवरण सार्वजनिक गरिसकेका छन। अधिकांश बैंकहरुले अपेक्षाकृत प्रगति विवरण सार्वजनिक गरेका छन। 

आर्थिक बर्ष २०७४/७५को अन्त्यसम्ममा २८ वाणिज्य बैंकमध्ये २४ बैंकहरूले हकप्रद, बोनस, मर्ज वा प्राप्ति मार्फत तोकिएको ८ अर्ब चुक्ता पुंजी  पुर्याएका छन। बैंक अफ काठमाण्डू (बिओके), कुमारी र नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) पुँजी व्यवस्थापनको प्रकृयामा छन।  बैंकहरूले पुँजी वृद्धिको अन्योल चिर्दै व्यवसाय विस्तार र मुनाफामा वृद्धि गर्न सफल रहेको सन्देश दिएका छन। 

बैंकहरुले प्रगति विवरण सार्वजनिक गरेलगत्तै उनीहरुले दिन सक्ने लाभांश (नगद र बोनस) बारे लगानीकर्तामा जिज्ञासा सुरु भईसकेको छ। बैंकहरुले एनएफआरएस अन्तर्गत वित्तीय विवरण सार्वजनिक गर्दा उनीहरुले दिन सक्ने लाभांश क्षमतामा केहि अन्यौल देखिए पनि राष्ट्र बैंकले पुरानो व्यवस्था अनुसार नै प्रतिफल बाड्न दिन्छु भनेको छ। 

त्यसैले लगानीकर्ताको जिज्ञासालाई सम्बोधन गर्नका लागि बैंकहरुले सार्वजनिक गरेको पुरानो व्यवस्था अनुसारको वित्तीय विवरणलाई आधार मानेर उनीहरुले गत आर्थिक बर्षको मुनाफा वा रिजर्भबाट दिन सक्ने लाभांशको प्रक्षेपण गरिएको हो।   

२८ मध्ये करिब दर्जन हाराहारीको बाणिज बैंकको पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो - कार) धेरै भएको र उनीहरुसंग व्यवसाय वृद्धिका लागि आवश्यक पुंजी पर्याप्त देखिएको छ। जस कारण दर्जन बढी बैंकहरुले गत बर्षबाट दिने लाभांशमा नगदलाई प्राथमिकतामा राख्न सक्ने देखिन्छ।   

कुमारी बैंकले अघिल्लो आर्थिक बर्षको लाभांश घोषणा गर्न बाँकी छ। अघिल्लो बर्षको सम्भावित १२ प्रतिशत बोनस सेयरलाई आधार मानेर चुक्ता पुंजी समायोजन गरि ८ अर्ब २२ करोड देखाइएको यो। उसको पछिल्लो चुक्ता पुंजी ७ अर्ब १६ करोड ३० लाख छ। 

बैंकको पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो - कार) को आधारमा बैंकले वितरणयोग्य मुनाफाबाट कति लाभांश कसरि दिन सक्छ भन्ने अझ स्पष्ट हुन्छ। यदि कार ११ को आसपासमा छ भने उसंग बोनसको बिकल्प नै हुदैन। तर कार १२-१५ को बीचमा  छ भने मिश्रित लाभांश दिन सक्छ। कार १५ भन्दा माथि हुँदा बैकको बिजनेश ग्रोथ गर्ने ठाउँ छ भने बोनस दिन्छ नत्र नगद दिएर आफ्नो नगद व्यवस्थापन गर्छ भन्ने मानिन्छ।  

२८ बाणिज बैंकको लाभांश प्रक्षेपण



एनएफआरएस अनुसार लगानीकर्ताले पाउने लाभांश कसरी थाहा पाउने ? यस्तो छ सजिलो तरिका

नोट: भदौ १७ गते बाणिज्य बैंकहरुको यस आर्थिक बर्षको पहिलो त्रैमासको कमाईको आंकलन प्रकाशित गर्नेछौं। Keep visiting www.bizpati.com 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved