एनआईसी एशिया क्यापिटलको डेढ करोड लाभांश पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 02, 2018 | 11:12:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलको दोश्रो वार्षिक साधारणसभाले सेयरधनीलाई एक करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

क्यापिटलको रजिष्टर्ड कार्यालयमा शुक्रबार सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६८ प्रतिशतका दरले हुन आउने कर सहित उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको जनाइएको छ।

क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकसँगै लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एक लाख तीस हजार भन्दा अधिक डीम्याट (डीपी) सेवा ग्राही तथा ५ वटा कम्पनीको शेयर रजिष्ट्रार सेवा प्रदान गर्दै आइरहेको छ। क्यापिटलले हालै मात्र लगानी परामर्श सेवा समेत ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved