सिन्धुलीका २ स्थानमा मेगा बैंकको शाखा रहित बैंकिङ सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2018 | 05:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैँक नेपालले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका १ बेलघारी र चकमकेमा बैंकले शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बेलघारी शाखारहित बैँकिङ्गको वडा नम्बर १ का वडा अध्यक्ष गोबिन्दबहादुर राउत र चकमके शाखारहित बैँकिङ्गको वडा नम्बर १० का वडा अध्यक्ष पुण्यहरि भुजेलले उद्घाटन गरे । 

बैँकका माईक्रो बैँकिङ्ग विभागका अधिकृत शिबहरी भण्डारी र सिन्धुली शाखा प्रबन्धक केशबप्रसाद देवकोटाले शाखारहित बैंकिङबाट खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा उपलब्ध हुने बताए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved