होङ्गसी शिवम सिमेन्टलाई पाँच बैंकको १६ अर्ब ऋण,कसले कति दिए ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 09:47:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली व्यवसायीसंगको सहकार्यमा उत्पादन सुरु गरेको चीनको होङ्गसी शिवम सिमेन्टलाई ५ वटा बाणिज्य बैंकले १६ अर्ब ऋण दिएका छन। बैंकहरुले राजधानीमा एक कार्यक्रम गरि दुई चिनिया बैंकको जमानतमा होङ्गसी शिवमलाई १६ अर्ब ऋण दिएको घोषणा गरेका हुन।

चीनका बैंक अफ चाइना र नेमसिङ बैंकको जमानतमा एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैक र नेपाल एसआइबी बैंकले १६ अर्ब ऋण दिएका हुन। होङ्सी शिवम् सिमेन्टको सेक्युरिटिज एजेन्ट रहेको एनएमबि बैंकको नेतृत्त्वमा यी बैकहरुले सह-वित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता भएको हो । यो ऋण सम्झौता सात वर्षका लागि गरिएको हो।

सम्झौता अनुसार होङ्गसी शिवममा एनएमबिले ६ अर्ब ७५ करोड, नेपाल इन्भेष्टमेन्टले ४ अर्ब, प्रभुले ३ अर्ब, एभरेष्टले १ अर्ब २५ करोड र नेपाल एसबिआइले १ अर्ब ऋण लगानी हुनेछ। वित्तीय व्यवस्थापनअघि नै चीनबाट लगानी ल्याएर सिमेन्ट उत्पादन सुरु गरिसकेको होङ्गसी शिवमले एनएमबि र प्रभु बैंकबाट एक अर्ब रुपैयाँ ऋण लगिसकेको बताइएको छ।   

होङ्सी शिवममा चिनियाँ कम्पनीको ७० र नेपालीको ३० प्रतिशत स्वामित्व छ। कम्पनीको उत्पादन क्षमता अहिले करिब दैनिक ६ हजार मेट्रिक टन छ । यसलाई बढाएर एक वर्षभित्र १२ हजार मेट्रिक टन पुर्याउने कम्पनीको लक्ष्य छ। 

लगानी बोर्डले चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न सहजीकरण गरेको थियो। उसले धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोड रुपैयाँबराबरको वैदेशिक लगानीको स्वीकृत पाइसकेको छ। लगानी बोर्ड र कम्पनीबीच २०७४ भदौ १८ गते परियोजना लगानी सम्झौता (पिआइए) भएको थियो । ३६ करोड ९१ लाख अमेरिकी डलर लागत अनुमान गरिएको परियोजना नेपालकै ठूलो सिमेन्ट उद्योग हो।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved