ऋण लिने हो ? जान्नुहोस, कुन बैंकले कति ऋण दिन सक्छ ? (सुचीसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 04, 2018 | 11:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

२८ बाणिज्य बैंकहरुले गत आर्थिक बर्ष २०७४/७५ को प्रगति विवरण सार्वजनिक गरिसकेका छन। अधिकांश बैंकहरुले अपेक्षाकृत प्रगति विवरण सार्वजनिक गरेका छन। 

आर्थिक बर्ष २०७४/७५को अन्त्यसम्ममा २८ वाणिज्य बैंकमध्ये २४ बैंकहरूले हकप्रद, बोनस, मर्ज वा प्राप्ति मार्फत तोकिएको ८ अर्ब चुक्ता पुंजी  पुर्याएका छन। बैंक अफ काठमाण्डू (बिओके), कुमारी र नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) पुँजी व्यवस्थापनको प्रकृयामा छन।  बैंकहरूले पुँजी वृद्धिको अन्योल चिर्दै व्यवसाय विस्तार र मुनाफामा वृद्धि गर्न सफल रहेको सन्देश दिएका छन। 

बैंकहरुले प्रगति विवरण सार्वजनिक गरेलगत्तै उनीहरुले दिन सक्ने लाभांश (नगद र बोनस) अनुमान र आंकलन सुरु भईसकेको छ। बैंकहरुले दिन सक्ने लाभांश क्षमता मात्र नभई उनीहरुले ऋण प्रवाह गर्न सक्ने क्षमताको समेत मुल्यांकन गर्न थालिएको छ।

बैकहरुबीच निक्षेप संकलनको साथसाथै कर्जा प्रवाहमा तिब्र प्रतिस्पर्धा देखिएको छ। यद्दपी केहि बाणिज्य बैंकहरुले चाहेर पनि खुलेर कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन। बैंकहरुले खुलेर ऋण प्रवाह गर्न नसक्दा ब्यापार बिस्तार गरि कारोबार बढाउन चाहने व्यवसायी तथा लगानीकर्ता मारमा परेका छन। बैंकहरुले नयाँ ऋण नदिएकोमा उनीहरुको आलोचना समेत गर्न थालिएको छ। 

बैंकहरुले किन ऋण प्रवाह तथा लगानी बढाउन सकेका छैनन भन्ने प्रश्न समेत जनमानसमा उब्जिएको छ। यहि चाँसोलाई सम्बोधन गर्न बिजपाटी डटकमले बैंकहरुले प्रस्तुत गरेको गत आर्थिक बर्षको वित्तीय विवरणलाई आधार मानेर उनीहरुको ऋण क्षमता कति हो भन्ने विश्लेषण गरेको छ। बैंकहरुले यस आर्थिक बर्षदेखि नेपाल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार पनि वित्तीय विवरण प्रस्तुत गरेका छन तर राष्ट्र बैंकले पुरानो व्यवस्था अनुसार नै प्रतिफल बाड्न दिन्छु भनेकाले पुरानो व्यवस्थाको वित्तीय विवरणलाई आधार मानेर विश्लेषण गरिएको छ। 

बैंकहरुको ऋण लगानी क्षमता डेढ खर्ब मात्रै

गत आर्थिक बर्षको वित्तीय विवरणलाई आधार मान्ने हो भने २८ बाणिज्य बैंकहरुको ऋण लगानी क्षमता डेढ खर्ब मात्रै देखिएको छ। जसमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको कर्जा प्रवाह क्षमता बढी देखिएको छ भने सेन्चुरी बैंक सबै भन्दा थोरै देखिएको छ। राष्ट्रिय बाणिज्य बैंकले २३ अर्ब ८० करोड ऋण प्रवाह गर्न सक्ने देखिन्छ भने सिटिजन बैंकले १ अर्ब ५९ करोड मात्रै लगानी बढाउँन सक्ने देखिन्छ। 

सरकारीमा राष्ट्रिय बाणिज्य बैंक, निजिमा प्रभु सहज अवस्थामा 

निजि लगानीका भन्दा सरकारी स्वामित्वका बैंकहरु बढी कर्जा प्रवाह गर्न सक्ने अवस्थामा देखिन्छन। राष्ट्रिय बाणिज्य बैंकपछि नेपाल बैंकले बढी कर्जा प्रवाह गर्न सक्ने अवस्था छन। नेपाल बैंकले ११ अर्ब ८६ करोड ऋण दिन सक्छ भने कृषि विकास बैंकले ३ अर्ब ९ करोड ऋण प्रवाह गर्न सक्छ। 

त्यस्तै निजि लगानीको बैंकमा बढी कर्जा प्रवाह गर्न सक्नेमा प्रभु बैंक देखिएको छ। प्रभु १२ अर्ब ११ करोड कर्जा प्रवाह गर्न सक्ने स्तिथिमा छ भने एनआईसी एसिया, नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल क्रमश: ९ अर्ब ५७ करोड, ८ अर्ब १४ करोड र ८ अर्ब १ करोड कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छन।     

सिटिजनको सिसिड़ी 'टाइट' , प्रभु बैंक सहज अवस्थामा 

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) अनुसार बैंकहरुले सिसिड़ी अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने हुन्छ। यस अवधिमा औशतमा बैंकहरुको कर्जा निक्षेप अनुपात (सिसिड़ी) ७४.९५ प्रतिशत छ। जसमा सिटिजन बैंकको सिसिड़ी अनुपात सबै भन्दा बढी छ भने निजि लगानीको बैंकमा प्रभु बैंक सबै भन्दा सहज अवस्थामा छ। सिटिजनको सिसिड़ी अनुपात ७७.८७ प्रतिशत छ भने प्रभु बैंकको ६९ प्रतिशत मात्रै छ। 

टेबुलमा राष्ट्रिय बाणिज बैंकले २३ अर्ब ८० करोड कर्जा लगानी गर्न सक्ने देखाइएको छ। गत आर्थिक बर्ष बैंकले १ खर्ब ६९ अर्ब निक्षेप संकलन गरि १ खर्ब २० अर्ब कर्जा प्रवाह गरेको छ। उसको सिसिड़ी अनुपात ६६.९४ प्रतिशत हुँदा राष्ट्रिय बाणिज्य बैंकको कर्जा प्रवाह क्षमता १ खर्ब ४४ अर्ब हुन आउँछ। यसलाई आधार मान्दा उसले अब २३ अर्ब ८० करोड कर्जा प्रवाह गर्न सक्छ। 


बैकहरुले लगानी बढाउन सक्ने क्षमताको आधारमा नै उनीहरुले आगामी दिनको कति कमाउन सक्छन भन्ने आंकलन गर्न सकिने भएकाले लगानीकर्ताको सहजताका लागि यो विवरण प्रस्तुत गरिएको हो। कतिपय व्यवसायी तथा लगानीकर्तालाई कुन बैंकको ऋण क्षमता कति छ भनेर थाहा होस् भन्ने उदेश्यले समेत यो रिपोर्ट तयार गरिएको हो।   

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

पहिलो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved