माछापुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवा नान्कारकट्टीमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो । योसगै बैंकका २७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन भएका छन् ।
शाखा रहित बैंकिङ्गबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।बैंकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, ९९ एटीएम र २७ शाखा रहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ ।