मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर २० लाखसम्म ऋण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 01:33:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर २० लाखसम्म ऋण पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २० गते एकीकृत निर्देशन २०७५ जारि गर्दै आयमुलक क्रियाकलापलाई प्रोत्साहित गर्न मोटरबाटो नपुगेको खेतीयोग्य जमिन राखेर २० लाखसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो। 

व्यावसायिक कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय एवम् भूकम्पबाट प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यस अघि मोटरबाटो नपुगेको जमिन धितो राखेर १० लाखसम्म ऋण लिन पाइन्थ्यो। 

राष्ट्र बैंकले १६० वटा बुँदाहरु संशोधन तथा परिमार्जन गरि जारि गरेको एकीकृत निर्देशन २०७५ मार्फत गरिएको नयाँ व्यवस्थाले कृषि क्षेत्रमा आधारित व्यवसाय गर्न चाहनेलाई केहि भएपनि राहत मिलेको छ। यस अघि पनि बिभिन्न बैंक वित्तीय संस्थाहरुले मोटरबाटो नपुगेको खेतीयोग्य जमिन धितो राखेर कृषकहरुलाई ऋण प्रदान गर्दै आएका थिए। 

हलोदेखि हाइड्रोसम्म नारा दिएको मेगा बैंकले यस अघि नै दश लाखको सरल कर्जा भनेर नयाँ स्किम ल्याएको छ। बैंकले नेपालमै केहि गर्छु भन्नेहरुलाई सरल र सहज रुपमा कर्जा दिन सकियोस भनेर यस्तो स्किम ल्याएको बैकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीले बिजपाटीसंगको कुराकानीमा बताईन। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved