सिभिल बैंकले दिन थाल्यो आधार दरमै सेयर कर्जा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 08, 2018 | 11:10:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले आधार दरमै शेयर कर्जा दिने भएको छ। बैंकले आधार दरमा शेयर कर्जा दिने भन्दै 'शेयर धितो, कर्जा छिटो' योजना ल्याएको हो। 

यस योजना अन्तर्गत सेवाग्राहीले साधारण सेयर धितो राखेर बैंकको आधार दरमै कर्जा पाउने छ। यस अवधिमा बैकको आधारदर ११.८४ प्रतिशत छ। Image may contain: textअर्थात सेवाग्राहीले यहि ब्याजदर मै सेयर कर्जा पाउनेछन।  

सेयरधितोको कर्जा व्यवस्थापन शुल्क ०.७५ प्रतिशत मात्र रहेको यस 'अफर' मा सर्तहरु लागू हुने जनाइएको छ। यो योजना सीमित अवधिका लागि भएको बैंकले जनाएको छ। 

यस योजनासंगै आर्थिक बर्ष २०७५-७६ मा सेयर कर्जाको 'स्किम' ल्याउनेमा सिभिल बैंक पहिलो बनेको छ। बैंकले गत आर्थिक बर्ष ७७ करोड ३८ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको थियो।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved