बैंकाएस्योरेन्सको नाममा गलत प्रचार गर्दै बैंक र बीमा कम्पनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 04:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले बैंकाएस्योरेन्सको नाममा गलत प्रचार गरिरहेको पाईएको छ । पछिल्लो समय विमा कम्पनीहरुले आफ्नो सेवाहरु बैंकहरुबाट समेत लिन सक्ने गरी बैंकहरुसंग सम्झौता गरिरहेका छन् ।  बैंकबाट नै बिमा कम्पनीको सेवा लिन सकिने गरी हुने यस्तो सम्झौतालाई बिमा कम्पनी र बैंकहरुले  बैंकाएस्योरेन्स भनेर प्रचार गरेको भएपनि त्यो गलत भएको पाईएको हो  । 

बिमा ऐन २०४९ ले कुनै पनि व्यक्ति वा संस्थाले स्वीकृति लिएर बिमा कम्पनीको एजेन्टको रुपमा काम गर्न सक्ने ब्यबस्था गरेको छ। बैंकहरुले यहि प्रावधानलाई टेकेर बिमा कम्पनीहरुसंग संस्थागत अभिकर्ताको लागि सम्झौता गरेका हुन्  । यसलाई बैंकाएस्योरेन्स भनेर प्रचार गरिनु गलत भएको बिज्ञहरुले बताएका हुन  ।  नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजका संचालक कमल पन्थी बैंकाएस्योरेन्सको अपव्याख्या भएको बताउछन् । उनका अनुसार अहिले बैंकहरुले गरेको सम्झौता अभिकर्ताहरुले बिमा कम्पनीसंग गरेको सम्झौता जस्तै हो ।  अभिकर्ताले गर्ने काम नै बैंकले संस्थागत रुपमा गर्ने भएकोले यसलाई बैंकाएस्योरेन्स भन्नु गलत भएको उनी बताउछन् ।

व्यक्तिले अभिकर्ताको सम्झौता गर्दा व्यक्तिले कमिशन पाउथ्यो भने बैंकले गर्दा बैंकले कमिशन पाउछ । पन्थीका अनुसार नेपालमा बैंकाएस्योरेन्स  सेवा कुनै पनि बैंक सुरु नौ गरेका छैनन । यति सम्म कि नेपालमा बैंकाएस्योरेन्स सेवा प्रदान गर्नको लागि आवश्यक कानुन नै पर्याप्त छैन । पन्थी भन्छन् 'बैंकाएस्योरेन्समा बैंकलाई बिशेष अधिकार र सुबिधाहरु दिइएको हुन्छ, बैंक आफैले पनि बिमा पोलिसीहरु जारि गर्ने, क्लेम दिने लगायतका कामहरु गर्न सक्छन'  । तर अहिले बैंकले गरेको सम्झौतामा एक अभिकर्ताले गर्ने भन्दा बढी काम बैंकले गर्न पाउदैन  । क्लेम लिनु परे अहिले बिमितहरु आफै बिमा कम्पनी पुग्नु पर्छ  । तर बैंकाएस्योरेन्समा बैंक आफैले यो कार्य गर्न सक्छ । 

अहिले बैंकहरुले बैंकाएस्योरेन्सको काम गर्न कानुनी अस्पष्टता रहेको छ  । पन्थीका अनुसार बिमा समितिले यस सम्बन्धमा छुट्टै नीति वा निर्देशिका ल्याएर बाटो खोलेपछि मात्र बैंकहरुले  बैंकाएस्योरेन्स सम्झौता गर्न पाउने छन् । हाल बिमा कम्पनीको सिफारिसमा बिमा समितिले बैंकहरुलाई अभिकर्ताको काम गर्ने अधिकार मात्र दिएको हो । 

बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई पनि अहिले बैंकहरुले गरेको सम्झौता बैंकाएस्योरेन्स नभएको स्वीकार गर्छन  । उनी भन्छन् ' बैंकहरुले कर्पोरेट एजेन्सीको रुपमा काम गरेका हुन्, समितिले पनि त्यहि कर गर्नको लागि मात्र अनुमति दिएको हो' ।

सेन्चुरी बैंकका सीइओ तुलसीराम गौतम यस्ता सम्झौतामा बैंकको काम पोलिसी मात्र बेच्ने रहेको बताउछन् । उनी भन्छन् ' क्लेम लिनको लागि व्यक्ति बिमा कम्पनी मै जानु पर्छ,  क्लेमको लागि बैंक लायबल हुदैन, बैंकले सहजीकरण मात्र गर्ने हो । ' सिभिल बैंकका सीईओ गोबिन्द गुरुङ पनि बैंक एउटा माध्यम मात्र रहेकोले अन्य समयमा बिमितले क्लेम लिने प्रकिया र बैंक मार्फत हुँदा गरिने प्रकिया एकै रहेको बताउछन् ।  

यसरी बैंकलाई संस्थागत अभिकर्ताको रुपमा काम गर्न दिंदा यस अघि सिमित अभिकर्ताको हातमा रहेको बिमा व्यवसाय विस्तार हुने त् देखिन्छ  । तर सम्बन्धित निकायले यसबारेमा स्पष्ट पार्न नसक्दा केहि अन्योलता सिर्जना भएको हो  । उता आफ्नो काम बैंकहरुले पनि गर्न पाउने भएपछि अभिकर्ताहरु भने झस्किएका छन्  । उनीहरुले विभिन्न आरोप लगाउदै बैंकहरुलाई अभिकर्ताको अनुमति दिनु गलत भएको बताउदै आएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved