माछापुछ्रे बैंकद्धारा नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 10, 2018 | 04:56:54 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’को सुरुवात गरेको छ । हाल ‘माया’को सेवा बैंकको वेबसाईट तथा फेसबुक मेसेन्जरमा उपलब्ध रहेको र ‘माया’ मार्फत बैंकको सेवासहित जिज्ञासाको समेत जवाफ पाउन सकिनेछ । 

फेसबुक मेसेन्जरमा सम्पर्क गरी ग्राहकहरुले चौबिसै घण्टा खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, ए.टि.एम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरता सम्बन्धि जानकारी ‘माया’ मार्फत पाउन सक्ने बैंकले जनाएको छ । यसको लागी फेसबुक मेसेन्जरमा माछापुछ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यू.आर. कोड स्क्यान गनुपर्नेछ । 

बंैकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, ९९ वटा एटीएम र २७ शाखा रहित बैकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved