नाडा अटो शो लाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नयाँ गाडी कर्जा योजना सार्वजनिक गरेका छन। यसै क्रममा स्ट्याण्डर्ड चार्टड बैकले गाडी कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले नाडा अटो शो का लागि बार्षिक ९.४९ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने योजना ल्याएको हो। पहिलो बर्ष आधार दरमा १.६२ प्रतिशत प्रिमियम र दोस्रो बर्षमा आधारदरमा २ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने बैंकले जनाएको छ। साउन मसान्तसम्म बैंकको आधार दर ७.८७ प्रतिशत छ।
त्यस्तै बैंकले १ प्रतिशत प्रोसेस शुल्क लिने जनाएको छ। बैंकले ल्याएको यो योजना असोज २९ सम्म संचालन हुने बैंकले जनाएको छ। बैंकको यो सेवा लिंदा सेवाग्राहिले निशुल्क क्रेडिट कार्ड समेत पाउनेछन। पछिल्लो समय बैंकिङ प्रणालीमा लगानी योग्य रकम बढ्दै गएपछि बैंकहरुले कर्जाका नयाँ प्रोडक्टहरु ल्याउन थालेका छन।