घर र गाडीमा एनआईसी एसियाको ‘चमत्कारिक कर्जा योजना’, घरको किस्ता ५० वर्षसम्म तिर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 06:40:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले घर र सवारी गरि कर्जा सम्बन्धि दुई वटा चमत्कारिक योजना ल्याएको छ। ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर यस्तो योजना ल्याइएको बैंकले जनाएको छ। 

'एन आई सी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार' भन्ने नाराका साथ ल्याइएको सवारी कर्जा योजनाबाट नयाँ लिन वा पुरानो साट्न चाहनेलाई चमत्कारिक लाभ हुने बैंकको दाबी छ। 

यस योजना अन्तर्गतको बढीमा १५ बर्षसम्मको कर्जा भुक्तानी अवधि हुने मासिक ११ हजार बाट नै किस्ता सुरु गर्न सकिनेछ। यसमा आंशिक अथवा पूर्ण रुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने सुविधा छ। 

बैंकले मासिक ब्याजदर ०.९ प्रतिशत हुने तथा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने जानकारी दिएको छ। घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था भएको बैंकले जनाएको छ। 

बैंकले सार्वजनिक गरेको  चमत्कारिक घर जग्गा कर्जामा .आफ्नो आम्दानीअनुसार मासिक किस्ता निर्धारणको सुविधा दिएको बैंकले जानकारी दिएको छ । बैंकले यसका लागि अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानीअवधि समेत दिएको छ । 

घरजग्गाको मासिक ब्याजदर ०.९ प्रतिशत हुने तथा प्रशासनिक सेवा शुल्कमा विशेष छुट दिने जानकारी दिएको छ। घर जग्गा र सवारी दुवै कर्जा लिने ग्राहकहरुलाई विशेष छुटको ब्यवस्था भएको बैंकले जनाएको छ।    

घर जग्गा कर्जामा पनि आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने बैंकले जनाएको छ। आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने बैंकले जनाएको छ।   बैंकको मुलुकभरी रहेको २४४ वटै शाखा कार्यालयहरुबाट दुवै चमत्कारिक कर्जा योजनाहरु उपलब्ध हुने बैंकले जनाएको छ। बैं


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved