नेपालको बैंकिङ क्षेत्रमा नौलो अभ्यास, हिमालयन फाइनान्सको कर्जा नेक्सजेनले असुल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 06:16:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बैंकिङ क्षेत्रमा नौलो अभ्यासको थालनी भएको छ। बैंक वित्तीय संस्थाहरुले आफैले रिकभिर बिभाग खडा गरेर कर्जा असुली गर्दै आएकोमा हिमालयन फाइनान्स लिमिटेड र नेक्सजेन म्यानेजमेन्टले नयाँ अभ्यास थालेका छन। 

हिमालयन फाइनान्स लिक्विडेटरको कार्यालयले कर्जा असुली तथा व्यवस्थापनको लागि नेक्स्जेन म्यानेजमेन्ट सोलुसनलाई नियुक्ति गरेको छ। यस सम्बन्धि सम्झौतामा आज दुवै संस्थाका प्रतिनिधिबीच सम्झौता भएको छ। सम्झौतामा हिमालयन फाइनान्सनको तर्फबाट लिक्विडेटर सुजन काफ्ले र नेक्स्जेनको तर्फबाट अध्यक्ष बलराम बिष्टले हस्ताक्षर गरे।    

हिमालयन फाइनान्स लिमिटेड पुनरावेदन अदालतको निर्णय बमोजिम कम्पनी खारेजीका लागि लिक्वडेटरको नियुक्ती भई खारेजी प्रक्रियामा रहेको छ। नेक्सन म्यानेजमेन्ट वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुली तथा व्यवस्थापनको लागि स्थापित विशेषज्ञ सेवा प्रदान गर्ने कम्पनी हो।

यस सम्झौताले बैंकिङ तथा वित्तिय क्षेत्रलाई नयाँ विशेषज्ञता सेवा उपयोग गर्न प्रोत्साहन गर्दै साविकको पारम्परिक कामलाई मध्यस्थकर्ता मार्फत गराउने नौलो कार्यलाई बढ्वा दिने विश्वास गरिएको छ। साथै यस किसिमको कार्यले बैंक तथा वित्तिय संस्था आफ्नो मौलिक कार्यमा केन्द्रित हुँदै नयाँ नयाँ नविनतम बैकिङ क्रियाकलापमा लाग्न सहज हुने अपेक्षा गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved