ग्लोबल आइएमई बैंकको शाखा गोरखा बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 10:38:47 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले गोरखा बजारमा रहेको शाखाको औपचारीक उद्घाटन गरेको छ। गोरखा जिल्ला समन्यव समिति सभापति अशोक गुरुङ र बैंक अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा सो शाखाको उद्घाटन गरे। 

सोही शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिना कुमारी श्रेष्ठले उद्घाटन गरिन। बैंकले गोरखामा गोरखा बजार, मनकामना र सिरानचोक गरि ३ वटा शाखा सञ्चालन गरिरहेको छ ।    

त्यसैगरि बैंकले आफ्नो १३२ औ शाखा र १३७ औ एटिएम सेवा नवलपरासीको गैंडाकोटमा सञ्चालनमा ल्याएको छ। गैँडाकोटमा खोलिएको नयाँ शाखा र एटिएम सेवासंगै बैंकको शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ। 

बैंकले १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved