अब घरबाटै माछापुच्छ्रे बैंकको खाता खोल्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 05:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सेवाग्राहीले घरबाटै माछापुछ्रे बैंकको खाता खोल्न सक्ने भएका छन् । बैंकको अनलाईन खाता मार्फत ग्राहकले जुनसुकै ठाउँबाट पनि खाता खोल्न सक्ने बैंकले जनाएको छ । 

अनलाईन खाताखोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाताखोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट÷आइ–प्याडको प्रयोग गरी खाताखोल्न सकिने जानकारी बैंकले दिएको छ ।

माछापुछ्रे बैंकलेहालसालै बचत खातामाप्रदानगर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७% पु¥याएको छ । बैंकले विभिन्न बचतखाताहरुमा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ ।

ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउने छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको ब्याजदर दिदैं आएको छ ।  बैंकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर, २८ शाखा रहित बंैकिङ्ग सेवा र ९९ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved