जनता अवकाश कोषको वित्तीय विवरण स्वीकृत, निर्णयको दोस्रो दिनमै मुनाफा बचतकर्ताको खातामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 07:39:11 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता अवकाश कोषको सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत भएको छ। कोष संचालक समितिको भदौ ३१ को बैठकले गत आर्थिक बर्षको सम्पूर्ण वित्तीय विवरण स्वीकृत गरेको हो। 

सो बैठकले कोषमा सहभागी बचतकर्ता तथा संचयकर्तालाई २०७५ असार मसान्तमा उनीहरुको कायम बचत मौज्दातको एक प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ। एक प्रतिशतले हुन आउने उक्त मुनाफा यसमा सहभागीहरुको खातामा असोज १ मा नै जम्मा गरिएको बैंकले जनाएको छ। 

आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा २०७५ असार १ बाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ। 

कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ । कोषले कर्मचारीको संचय कोष, अवकाश कोष, उपदान कोष, संचित विदा कोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजना मार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ । 

कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याज प्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ। कोषले सहभागीहरुलाई सुत्केरी स्याहार खर्च १०,००० र काजक्रिया खर्च १०,००० को व्यवस्था गरेको छ। कोषका सहभागीहरुले बैंकका नेपालभर रहेका सम्पूर्ण शाखाहरुमार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन्। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved