असोज महिनाभर माछापुच्छ्रे महोत्सब, छुट र सरप्राइज गिफ्टको लाभ उठाउन बैंकको आब्हान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 08:51:53 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले असोज महिनाभरि माछापुच्छ्रे महोत्सब संचालन गर्ने भएको छ। बैंकिङ कारोबार शुरु गरेको १८ बर्ष पुरा गरि १९ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले असोज महिनाभर आफ्ना सम्पूर्ण शाखाहरुमा यो महोत्सब संचालन गरेको हो। 

असोज महिनाभर चल्ने 'माछापुच्छ्रे महोत्सब' ले ग्राहकहरुलाई भिन्न किसिमको बैंकिङ अनुमति गराउने बैंकको बिश्वास छ। महोत्सबको अवसरमा  ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड, इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्कको साथै मोबाइल मनी जारी शुल्कमा ५० प्रतिशत छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा ५०% छुट तथा रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले जानकारी दिएको छ।     

बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन सर्वसाधारणहरुलाई बैंकले आव्हान गरेको छ।  पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved