केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकद्धारा नगद र कम्प्युटर सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 05:17:46 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपालले केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई नगद तथा कम्प्युटर सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्रीले नगद ५ लाख, ल्यापटप ५ थान, डेस्कटप कम्प्युटर १ थान र प्रोजेक्टर १ थान हस्तान्तरण गरे ।

बहिरा विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न सामाजिक संस्थाको रुपमा ५ बर्ष अगाडी स्थापना भएको बहिरा क्याम्पसलाई बैंकले ३ बर्ष देखि आर्थिक सहयोग गर्दै आएको छ । क्याम्पसमा हाल छात्र÷छात्रा गरी ८९ जना बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । 

बैंकले हाल १२३ शाखा, ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४० शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved