महालक्ष्मीका सेयरधनीहरुलाई दशैं अगाडी नै लाभांश, बुक क्लोज कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 12:19:26 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी बिकास बैंकले १५ प्रतिशत लाभांश पारित गर्ने लगायतका प्रस्ताब राखेर बार्षिक साधारणसभा डाकेको छ। बैंकले यही असोज २६ गते साधारणसभा डाकेको जनाइएको छ। 

साधारणसभामा संचालक समितिले प्रस्ताब गरेको ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश प्रस्ताब लगिने जनाइएको छ। त्यस्तै अन्य  प्रस्तावहरुमा उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिका लागि सञ्चालक समितिलाई सैदान्तिक सहमति प्रदान गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) का लागि परामर्शदाता, मूल्याङ्कनकर्ता र लेखापरीक्षक नियुक्ती र पारिश्रमिन निर्धारण लगायत छन। 

असोज २६ गते मिनभवन काठमाडौंको अल इन वन बैन्केटमा बिहान ११ बजे डाकिएको सो साधारणसभाले पारित गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । ८ प्रतिशत बोनस वितरणपछी बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।   

बुक क्लोज तय 

साधारणसभा प्रयोजनार्थ बैकले बुक क्लोज मिति तय गरेको छ। असोज २६ गतेका लागि डाकिएको सधारणसभा प्रयोजनका लागि बैंकले असोज १४ देखि २६ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १३ सम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन सक्नेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved