निरोज कुमार थापा     Sep 25, 2018



ruslan ruslan

मुक्तिनाथ विकास बैंकले कालिकोट सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गरेको छ । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई बैंकले विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न छात्रवृत्ति सहयोग गरेको हो । 

बैंकले समावेशीताको आधारमा गरिब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशी, एसइइ पास भएका काठमाडौँमा पढ्न चाहाने विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी १ लाख ५० हजार सहयोग गरेको हो । उक्त चेक बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरे । 

Share your thoughts!











Close in 7