नेपाली बैंकर्सहरुलाई भारतीय स्टेट बैंकले तालिम दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:03:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) र भारतीय स्टेट बैंकबीच तालिम सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, संजिब सुब्बा र प्रमुख महाप्रबन्धक, रणनितिक तालिम केन्द्र क्द्यक्ष् का पी.सी. कन्डपाल बीच हस्थाक्षर गरेका हुन्  ।

सम्झौता अनुसार नेपाली बैंकर्सहरुलाई भारतीय स्टेट बैंकका भारत भरिका कलेज र एकादमिहरुमा तालिम प्रदान गरिने छ । तालिममा नेपालको बैंकिङ्ग क्षेत्रमा मानव संसाधनको विकासका लागि जोखिम व्यवस्थापन, क्रेडिट, नेतृत्व विकास, प्रविधि तथा अन्य विषयहरु समेटिने सम्झौतामा उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved